रोयल इन्डफिल्डको दुई नयाँ मोडल बजारमा, सेतो र रातो रङमा पाइने

  २०७५ भदौ ३१ गते १६:२१     विकासन्युज

काठमाडौं । नाडा अटो शोको अवसरमा आइचर मोटर्स लिमिटेडको रोयल इन्डफिल्ड ब्राण्डको दुई नयाँ मोडल अनावरण गरिएको छ । रोयल इन्डफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स् प्रा.लिले थन्डरबर्ड ३५० एक्स्मोडल र क्लासिक गन मेटल ग्रे ३५० सीसी बाइक सार्वजनिक गरेको हो ।

उक्त बाइक रोयल इन्डफिल्ड थन्डरबर्डको परिमार्जित बाइक रहेको कम्पनीका ब्रान्ड म्यानेजर अनुज मल्लले जनाएका छन् ।

उक्त क्लासिक गन मेटल ग्रेमा बिएस फोर मोडल, डबल डिक्स, ब्राउन सिट कभर विशेषता रहेको छ । त्यस्तै, थन्डरबर्ड एक्स् बाइक बिएस फोर मोडल, टिउबलेस टायर, अलोह्वील, ह्यान्डलबारका साथै सेतो तथा रातो रङ्मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

अनावरण लगतै सोहि यस ब्राण्डको थन्डरबर्ड ३५० एक्स् मोडल र क्लासिक गन मेटल ग्रे ३५० सीसी बाईकको बिक्री बितरण शुरु भएको कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.