२०७५ भदौ ३१ गते १२:४६ विकासन्युज
काठमाडौं । संसदमा एक हजार र पाँच सय दरका भारतीय रुपैंयाँ सटहीको सवालले प्रवेश पाएको छ । नेकपाका सांसद नवराज सिलवालले नेपाली बैंकमा रहेका ५ सय र एक हजार दरका नोट किन नसाटिएको भनेर प्रश्न गरेका हुन् ।
‘भारतीय रिजर्भ बैंकले ९९.३ प्रतिशत सो दरका नोट साटिएको भनेको छ, भुटानले पनि त्यस्तो रकम साटिसकेको छ, हाम्रा बैंकमा भएका ८ करोड भारु किन साट्न सकिएन ? ‘ सिलवालले भने ।
सांसद सिलवालले अर्थमन्त्रालयले भारत सरकारसँग राम्रोसँग कुरा गर्न नसकेको वा भारत सरकारले नटेरेको भन्दै प्रश्न पनि गरेका छन् ।
सांसद सिलवालले ५ सय र एक हजार दरका नोट नसाटिँदा दुई देशबिचको सम्बन्धमै असर पर्नेमा सचेत रहन अर्थमन्त्रालय मार्फत सरकारलाई आग्रह पनि गरे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.