१९ हजार ९९९ रुपैयाँ तिर्नुस्, बजाज डिस्कभर बाइक चढ्नुस्

  २०७५ भदौ २९ गते १८:३७     विकासन्युज

काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज डिस्कभरमा न्यूनतम डाउनपेमेन्ट स्कीम शुरु गरेको छ ।

यस स्कीम अन्तर्गत बजाज डिस्कभर खरिद गर्दा अब मात्र १९ हजार ९९९ रुपैयाँको न्यूनतम डाउनपेमेन्ट तिरे पुग्ने कम्पनीले जनाएको छ । खरिदकर्ताले हुलास इन्भेष्टमेन्ट प्रालिबाट फाइनान्समा सजिलै बजाज डिस्कभर खरिद गरी सरल किस्ताबन्दीको फाइदा लिन सक्नेछन् ।

चाडपर्वको बेला बजाज डिस्कभर खरिद चाहनेलार्इ लक्षित गरी यो न्यूनतम डाउनपेमेन्टको सेवा प्रदान गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.