सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक खोज्दै, असोज १२ गतेसम्म आवेदन दिन आब्हान

  २०७५ भदौ २९ गते ८:४३     विकासन्युज

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया सुरु गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशक नियुक्त गर्नका लागि दरखास्त आब्हान गरेको छ ।

मन्त्रालयले कार्यकारी निर्देशकका लागि असोज १२ गतेभित्र दरखास्त दिन आब्हान गरेको छ । कार्यकारी निर्देशक बन्न अर्थशास्त्र, वाणिज्यशास्त्र, इन्जिनियरिङ र व्यवस्थापन जुनसुकै विषयमा स्नातकोत्तरसम्म अध्ययन पुरा गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.