इटालियन मोटरसाइकल एसडब्लुएम नेपाल, मूल्य २३ लाख रुपैयाँ

  २०७५ भदौ २८ गते ९:४०     विकासन्युज

काठमाडौं/नाडा अटो शोको अवसरमा इटालियन मोटरसाइकल एसडब्लुएम नेपालमा सार्वजनिक गरिएको छ । एसडब्लुएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता ज्ञान अर्थमुर्भस प्रा. लि.ले यो बाइक भित्र्याएको हो ।

एसडब्लुएमका आरएस ३००आर, सुपर ड्युअल ६५०टी र सिल्भर भेस ४४० का मोडल भित्र्याइएका छन् । आरएस ३०० आरको मूल्य १६ लाख, सुपर ड्युअल ६५०टीको २३ लाख रुपैयाँ र सिल्भर भेस ४४० को मूल्य चौध लाख पचास हजार कायम गरिएको छ ।

ईन्डुरो, क्लासिक र एड्भेन्चर टुरर मोटरसाइकलको रुपमा यी मोटरसाइकलले नेपाली बजारमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको कम्पनीको निर्देशक दीपेश श्रेष्ठले बताए ।

इटालियन कम्पनी एसडब्लुएमले सन् १९७१ देखि मोटरसाइकल उत्पादन थालेको थियो । फरक बनावट र आकर्षक डिजाइनका कारण सो कम्पनीका मोटरसाइकल लोकप्रिय छन् । एसडब्लुएमका सबै मोडलका बाईक तथा यसका इन्जिनहरुको डिजाईन एवं उत्पादन÷एसेम्ब्ली लेम्बोर्डिया, ईटालीमा अवस्थित फ्याक्ट्रीमा भएको हो ।

कम्पनीले बालुवाटारमा शोरुम र वर्कशप खोलेको छ । निकट भविष्यमा चितवन, पोखरा, बुटवल र धरानमा डिलर खोल्ने तयारी भएको श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.