दशै तथा तिहारका लागि रेनोका ‘शुभलाभ’ स्किम

  २०७५ भदौ २७ गते १७:४५     विकासन्युज

काठमाडौं । रेनोको लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोवाइल कम्पनीले दशै तिहार चार्डपर्व अफर घोषणा गरेको छ।

कम्पनीले ‘रेनो शुभलाभ’ स्किम संचालनमा ल्याएको हो । यस स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्नेछन् । यो स्किम दशै तथा तिहारलाई मुख्य लक्ष्य बनाएर सार्वजनिक गरिएको हो ।

‘रेनो शुभलाभ’ लाई शुभ र लाभबाट लिइएको हो, जसले राम्रो र समृद्धीलाई बुझाउँछ । यस योजनामा रेनोका ग्राहकले नगद छुट, फ्रि इन्सयोरेन्स, १ वर्षको फ्रि रोड ट्याक्स, स्पटफाइनान्स सुविधा, तत्काल पुराना गाडी भ्यालुएसन र एक्स्चेन्ज सुविधा रहेको छ ।

यो स्किम रेनोको रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विडमा लागु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.