हिरो मोटोकर्पको ‘एक्स्ट्रिम २००आर’ मोटरसाइकल बजारमा, मूल्य २ लाख ८६ हजार

  २०७५ भदौ २६ गते १७:११     विकासन्युज

काठमाडौं । हिरो मोटोकर्पले आफ्नो नयाँ मोटरसाइकल “एक्स्ट्रिम २००आर”लाई नेपाली बजारमा भित्र्याएको छ । उक्त बाइकको मूल्य २ लाख ८६ हजार ५०० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले भारतमा शुरु गरे लगत्तै नेपालमा ल्याएको हो । यो मोटसाइकल नेपाल जनरल मार्केटिङका सबै डिलरहरुमा उपलब्ध हुनेछ । ग्राहकहरुले यस मोटरसाइकलमा विभिन्न फिचरहरुको साथ समग्र प्याकेजको आकर्षण पाउने छन् ।

क्षमता र प्रविधिः
इन्जिन

“एक्स्ट्रिम २००आर”लाई एकदम नयाँ प्रणालीको बीएस आईभी २०० सिसि एयर कुल्ड इन्जिनले शक्ति प्रदान गर्छ । ८००० आरपिएममा १८.४ पिएसको अधिकतम शक्ति र ६५०० आरपिएमा १७.१ एनएमको अधिकतम टर्क उत्पन्न गर्दछ । जसले गर्दा हरेक अवस्थामा प्रचुर शक्ति र टर्क प्रदान गर्ने हुन्छ । यो बाइकले ४.६ सेकेण्डमा ०–६० किमि/घण्टाको दौड गर्न सक्छ र यस्को गति उच्चतम विन्दू प्रतिघण्टा ११४ किमि/सम्म पुग्दछ ।

फ्रेम र एर्गोनोमिक्सः

“एक्स्ट्रिम २००आर” माहलुका वजनको तर दह्रिलोखालको फ्रेम प्रयोग गरिएको छ, जसले उच्चगतिमा अत्याधिक स्थिरता कायम राख्न र कठिन मोडहरुमा मोटरसाइकल सम्हाल्न सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

डिजाइन र स्टाइलः

“एक्स्ट्रिम २००आर”को स्पोर्टी डिजिटल–एनलग सूचना प्यानेल र आकर्षक डियुल टोन ग्राफिक्सले मोटरसाइकलको अलौकिक आकर्षणलाई अझै राम्रो बनाएको छ । प्यान्थर ब्याल्क विथ फोर्स सिल्भर, टेक्नो बिल्यु, ब्याल्क विथ स्पोर्ट रेड र स्पोर्ट रेड रङ्गहरुमा “एक्स्ट्रिम २००आर”उपलब्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.