६ ओटा ए-डिभिजन फुटबल क्लबलाई काठमाडौँ महानगरको ५५ लाख सहयोग

  २०७५ भदौ २५ गते १७:४५     विकासन्युज

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ए डिभिजनका ६ ओटा क्लवलाई रु ९ लाख तीन हजारका दरले अनुदान सहयोग गरेको छ । खेलको विकासलाई समयानुकुल अघि बढाउन काठमाडौँ महानगरपालिकाले सो रकम अनुदान दिएको हो ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरी काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो रकम हस्तान्तरण गरेका हुन् ।

ए डिभिजन क्लवहरु हिमालयन शेर्पा क्लव, मनाङ–मस्याङ्दी क्लव, संकटा युवा क्लव, सरस्वती युवा क्लव, काठमाडौँ खेल मण्डल (एनआरटी) मच्छिन्द्र युवा क्लवलाई सो रकमको चेक मेयर शाक्यले हस्तान्तर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.