देश बनाउन दुई तिहाई मात्रै होइन, करिस्म्याटिक राजनेता चाहिन्छ

  २०७५ भदौ २५ गते १०:००     विकासन्युज

काठमाडौं । ईमानदार र क्रेडिबिलीटी भएको नेता भएमात्र जनताले पत्याउछन् । चुनावमा जित हार , बहुमत अल्पमत, सरकार बनाउने नबनाउने कुरा भनेको राजनीतिमा कुर्सिमा पुग्ने सामान्य तपसीलको खेल मात्र हो । तपसीलले मुलुकको दशा र दिशामा खासै फरक पार्दैन । संस्थागत प्रवन्ध लथालिंग भएको मुलुकमा राजनीतिमा क्रेडिबिलिटी भएको करिष्म्याटिक नेताबिना मुलुक रूपान्तरण हुँदैन । भलै बहुमत वा दुईतिहाई वा तीन चौथाई वा सबै नै सांसदको सीट कुनै दलले जितेकै किन नहोस् ।

नेपालमा चुनाव सदाकाल हर्सोल्लास र धुमधामसंग शान्तिपूर्ण ढंगमा जात्राझैं सम्पन्न हुदै आएको छ। देश बनाउछु भन्नेले जनतालाई देश बनाउने अभियानमा चुनावका बेला देखिए जस्तो रौनक र सक्रियता कायम राख्न सक्छ कि सक्दैन, त्यसले निर्धारण गर्ने गर्छ । नत्र जति प्राविधिक रूपले बलियो देखिएको सरकार भएपनि अनावश्यक घर्षण भएर शासन व्यवस्थामा कर्कश आवाज मात्र निस्कने हुन्छ । फोक्से मासु भएको निर्धो शरीरसरह हुन्छ । देश बनाउन बहुमत होइन इच्छाशक्ति भएको करिस्म्याटिक राजनेता नेता चाहिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.