फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालको अध्यक्षमा फुयाँल

  २०७५ भदौ २५ गते ८:५४     विकासन्युज

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालको अध्यक्षमा कृष्ण कुमार फुँयाल निर्वाचित भएका छन् । एसोसियसनको १७ औं साधारणसभाले फुयाँलको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । शनिवार सम्पन्न निर्वाचनमा फुयाँलले ४९ मत ल्याएर निर्वतमान अध्यक्ष रविन कुमार श्रेष्ठलाई पराजित गरेका हुन् श्रेष्ठले ३४ मत मात्रै ल्याएका थिए ।

अध्यक्ष सहित अन्य पदाधिकारी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु (३), महासचिव, उपसचिव, सचिव, कोषाध्यक्ष र सदस्य पनि चयन गरिएको छ । जसमा क्रमश उत्तम अधिकारी, नानीराज घिमिरे, शम्भु तिमिल्सेना, चोक कुमार श्रेष्ठ (राजन) महासचिवमा नवराज गौतम, उपमहासचिवमा ज्ञानेन्द्र दाहाल, सचिवमा ऋषिराज घिमिरे, कोषाध्यक्षमा दिपेन्द्र थापा, सदस्यहरुमा सौरभ श्रेष्ठ, त्रिलोक श्रेष्ठ, शंकर गौतम, रामकृष्ण श्रेष्ठ, योगेन्द्र पाठक, रुद्र न्यौपाने, बलराज पौडेल, दिवाकर गिरी, अमित शाह, सुरज बन्जाडे चयन भएका छन् । अध्यक्ष, उपाध्यक्ष र दुई सदस्यका लागि निर्वाचन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.