ओपीसी सिमेन्टमा देखिएको विवाद समाधान, सगरमाथालाई गुणस्तरताको स्विकृती

  २०७५ भदौ २० गते १३:१८     विकासन्युज

घोराही । केहि दिन यता घोराही सिमेन्टको ओपीसी सिमेन्टमा देखिएको गुणस्तर सम्बन्धि विवाद समाधान भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले घोराही सिमेन्ट उद्योगको ओपीसी सिमेन्टको नमुना परिक्षण गर्दा मापदण्ड अनुरुप रहेको भन्दै उत्पादन अनुमति दिएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभाग परिक्षण तथा बजार अनुगमन शाखाले भदौ १८ गते जिल्ला प्रशासन कार्यालय दाङलाई पत्र पठाएर परिक्षण नतिजाको बारेमा जानकारी गराएको छ । विभागले उद्योगबाट केहि दिन अघि ओपीसी सिमेन्टको नमुना लगेको थियो । परिक्षणका क्रममा ओपीसी सिमेन्ट नेपाल गुणस्तर ४९ अनुसार ठिक रहेको जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले दिएको पत्र अनुसार जिल्ला प्रशासन कार्यालय दाङले घोराही सिमेन्ट ई.प्रा.लि. लाई पत्र पठाएर गुणस्तर ठिक रहेको जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयको पत्र अनुसार उद्योगले सिमेन्ट उत्पादन र बिक्री वितरणको लागि अनुमति पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.