४ करोड खर्चेर पिच गरिएको चौरजहारी विमानस्थल १५ महिनादेखि बन्द

  २०७५ भदौ १९ गते १४:३१     विकासन्युज

काठमाडौं । रुकुम पश्चिममाको चौरजहारी विमानस्थल विगत १५ महिनादेखि बन्द भएको छ । विमानस्थल बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमलगायत यस क्षेत्रका नागरिक हवाई सेवा लिनबाट वञ्चित भएका छन् ।

गत वर्षको जेठ महिनादेखि यो विमानस्थल बन्द रहँदा सबै भन्दा बढी बिरामी मर्कामा परेका छन् । नजिकैको विमानस्थलमा हवाई सेवा सञ्चालन हुन नसक्दा मिसन अस्पताल चौरजहारीाट पठाइएका बिरामीलाई सास्ती हुने गरेको छ ।

गम्भिर प्रकृति र थप उपचारका लागि सिफारिश भएका बिरामीलाई कच्ची बाटोबाट जोखिम लिएर मोटरमा सुर्खेत, नेपालगञ्ज तथा काठमार्डाैं लानु परेको स्थानीय गोपाल रेग्मीले बताए ।

विमानस्थल नियमित सञ्चालन गर्न नागरिक उड्ययन प्राधिकरणसँग नियमित पहल र समन्वय गरिरहेको रुकुम पश्चिमका प्रदेशसभा सांसद गोपाल शर्माले बताए । सम्भव भए दैनिक तथा नभए कम्तीमा हप्तामा एक उडान राख्न नागरिक उड्ययन प्राधिकरणसँग पहल गरिरहेको शर्माले जानकारी दिए । प्राधिकरणले छिट्टै यो समस्या समधान गर्ने प्रतिबद्धता जनाएको शर्माले बताए ।

नागरिक उडययन प्राधिकरणले उडानका लागि जहाजको कमी भएकाले उडान बन्द भएको जनाएको छ । उडान तालिका राखे पनि जहाजको कमीले एउटा उडान हुनसकेको छैन । केही समय अगाडि मात्रै रु साढे चार करोड रकम खर्च गरेर विमानस्थल कालोपत्रे गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.