युवा उद्यमीको प्रश्नः होङसी शिवमको विदेशी लगानी यहि हो ?

  २०७५ भदौ १९ गते ९:२१     विकासन्युज

प्रबलजंग पाण्डे

काठमाडौं । युवा उद्यमी प्रबलजंग पाण्डेले होङसी शिवम् सिमेन्टले विदेशी लगानी ल्याउने भनेर नेपाली बैंकबाटै ऋण लिएको भन्दै प्रश्न गरेका छन् । नेपाली लगानीमै मुलुक सिमेन्टमा आत्मनिर्भरताको बाटोमा अघि बढिरहेका बेला विदेशी लगानीका नाममा नेपाली बैंकबाटै ऋण लिएर प्रतिफल विदेश जाने अवस्था बनेको भन्दै पाण्डेले प्रश्न गरेका हुन् ।

नेपाल उद्योग बाणिज्य महासंघका कार्य समिति सदस्य समेत रहेका युवा उद्यमी पाण्डेको पनि सिमेन्ट उद्योगमा लगानी रहेको छ ।
विदेशी लगानीका नाममा नेपाली बैंकबाट ऋण लिएर नाफा जति विदेश लैजानुको साटो स्वदेशी उद्योगीहरुलाई नै अवसर दिनुपर्ने पनि उनले बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्ः ‘नेपाल को सबै भन्दा ठुलो बिदेशी लगानीमा भर्खरै सन्चालनमा आएको सिमेन्ट उद्योगले सबै लगानी बिदेशबाटै ल्याउछ भनेको त नेपाली बैक हरुबाटै ऋण लिएर प्रतिफल बिदेश जाने रै छ । नेपाली पुंजी नै लगानी हुने हो भने नेपाली नै लगानी कर्ता भएको भए त प्रतिफल बिदेश जाने त थिएन , जबकी नेपाली कै लगानीमा नेपाल सिमेन्टमा आत्मनिर्भर उन्मुख भैरहेको थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.