बजाज बाइक ग्राहकको अब हुनेछ पाकेट फुल, तपाईंको पाकेटमा कति अट्छ ?

  २०७५ भदौ १८ गते १८:३१     विकासन्युज

काठमाडौं । बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालीले ‘बजाज पाकेट फुल’ नामक ग्राहक योजना ल्याएको छ । कम्पनीले दशैं-तिहारकोे अवसरमा ग्राहकहरुको पाकेट भर्नको लागि उक्त योजना ल्याएको हो ।

यो योजनामा बजाजको कुनै पनि मोटरसाईकल खरिद गर्दा एउटा स्क्र्याच कार्ड पाइने छ । जसको एउटा भागमा स्क्र्याच गर्ने ठाउँ हुनेछ भने अर्को भागमा पाकेट फुल साप्ताहिक लक्की ड्र कुपन रहनेछ । स्क्र्याच कुपनबाट तत्कालै ग्राहकले ६ हजारदेखि १ लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

योजना अवधिभर साप्ताहिक पाकेटफुल लक्की ड्र कुपन मध्येबाट हरेक हप्ता लक्की ड्र गरि एकजना भाग्यशाली विजेताको घोषणा गरिनेछ, जसले पाकेटफुल कार्यक्रममा गई पाकेटफुल गर्ने मौका पाउने छन् ।

साप्ताहिक पाकेट फुल कार्यक्रममा विजेताले तोकिएको समय भित्र बढीभन्दा बढी पैसारुपी कुपनहरु समातेर आफ्नो पाकेटहरु फुल गर्नुपर्नेछ, सोही कुपन बराबरको रकम विजेतालाई प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.