जमघट र कार्यक्रममा जाँदा ‘ऊ रेल आयो’ भनेर उडाउँछन् : प्रकाश उपाध्याय

२०७५ भदौ १४ गते ११:२५ विकासन्युज

१.करिव २ वर्ष अगाडि रेल विभाग, रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनामा सरुवा भएर आएको हुँ।

२. यो मेरो ईच्छाको सरुवा थिएन, करिव २४ वर्ष सडक विभागमा सेवा गरे पश्चात मलाई अन्तिम २ वर्ष काठमाडौं वा नजिकको कुनै कार्यालयको प्रमुख दिनुस म गरेर देखाई दिन्छु भनेको थिएँ।

३.तर मैलै आश्वासन पाएको भएता पनि कतै सरूवा भएन, तर सडक सुधार आयोजनाबाट सरुवा भने भयो भन्ने साथिहरुबाट मौखिक थाहा पाएँ यद्दपी पत्र छैन। मेरो ठाउमा अर्का मित्र आउनु भयो। ३ महिना पुरानै कार्यालयमा बसे।

४.करिव ८८ वर्षको बुवा र भॉचिएको खुट्टा मेरो टाढा जान नसक्ने प्रमुख कारण थिए। यद्दपी मेरो पिडा बुझिएन।

५. अन्त्यमा सडक विभागबाट बाहिरिएर रेल विभागमा भएको दरवन्दिमा गएर काम गर्न तयार हुँदा पनि बल्ल बल्ल करिव १ महिनापछि रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनामा सरुवा भयो । र, काम गर्न थालेको हुँ।

६.सिलगढी सॉफे सडक योजना, दोधारा चॉदनी झोलुङेपुलको डिजाईन, बिमलनगर मोटेरेवल झोलुगंगे पुल, मुग्लिन नारायणघाट सडक पूर्नस्थापना योजना १ वर्षमै, र मध्यपहाडी सडक योजनाको योजना स्थापना र सम्पूर्ण कार्य योजना तयार गरि संचालन गरेको क्षमताका साथ नेपालमा रेल मार्गको विकास, संचालन र संम्बर्धन गर्ने हेतुले सम्बद्ध स्थानमा हाजिर गर्न पुगेको हो ।

७. हाजीर भएका दिनबाट शुरू भए नयॉ बिधाका कार्यहरु। नयॉ योजना भएकाले योजना र आयोजना निर्माणमा सोही अनुरुपका अध्ययनका कार्यहरु गरेको थिएँ।

८. त्यस समयमा रेललाई ओलीको योजना भन्थे। नेपाली कांग्रेसका मन्त्रिभएको हुदा कुनै सहयोग हुने कुरै थिएन।

९. रेल विभागमा गएपछि सो विभाग र रेलमार्गको केही परिमाणमुखी नतिजा आउने गरी काम गर्न सुरू गर्यौै।

१०. यसकारण सर्वप्रथम रेल सम्बन्धी अध्ययन र एसिया र यूरोपबीच तथा भारत र चीनको रेल नेटवर्कको ज्ञान लिने काम भयो।

११.यही तथ्यलाई सार्वजनिक गरियो “सिङापूरको रेल नेपाल हुदै यूरोप जान सक्छ” भनेर। पत्रिकाहरुमा मुख्य पृष्ठमा छापीयो। तब, शुरुभयो नेपालमा रेलको अन्तरकथा।

१२.गर्नु पर्ने कार्य प्रसस्त थिए, काम गर्ने प्राविधिकहरु भने न्यून छौ झनै सिभिलमा त महानिर्देशकज्यू, म तथा इन्जिनियर साथीहरु किरण कार्कि र विश्व केसी। र, मोहनचन्द्र भट्ट ३ वर्ष अगाडी निबृत्त भएर पनि साधारण वेतनमा रेलमार्गका लागि कामगरीरहका सिभिल ईन्जिनियरहरु । वन तथा मुआव्जाका बिषयहरुमा समन्वय गरी जग्गा प्राप्ती गर्नु पर्ने विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्नको लागि परामर्शदाताको छनौट गर्नुपर्ने सम्पूर्ण कार्य भारतिय पक्षबाट निर्माण भैरहेका निर्माण कार्यको समन्वय गर्नुपर्ने
निर्माण र डीपीआर तयार गर्ने क्रममा सरोकारवाला स्थानियवासीसंगको कठीन विवाद समाधानका कार्य। आयोजना संग सम्बन्धित केन्दिय निकायहरूमा पेश गर्नु पर्ने बुझाउनु पर्ने विवरण तयार गर्ने, बुझाउने, छलफल ईत्यादि।

१३. निर्वाचन पश्चात झनै कार्यबोझ थपीयो नयॉ लिकंहरुका बिषयमा केरुगं–काठमाडौं र वीरगंज–काठमाडौं चीन र भारतको सहयोगमा निर्माणहुने कुराअगाडी बढेपछी दुईपक्षिय छलफल डेलीगेसन आउने जाने बैठकहरु सो का तयारीहरु गर्न पनि पर्यो।

१४.यी सबै कार्यका अतिरिक्त ठाउँ ठाउँमा नेपालमा रेलमार्गका विकास सम्बन्धी प्रस्तुती गर्ने तथा सूचना अधिकारीको नाताले रेलमार्ग सम्बन्धी सूचना प्रवाह गर्ने कार्यहरु पनि निरन्तर चलिरह्यो।

१५.यी सबै कार्य सम्पन्न गर्न अती नै व्यस्त तरीकाले काम गरिरहन पर्यो कतिपय रात त १२ बजेसम्म पनि काम गरीयो,कुनै बिदामा रमाउन पाईएन, साईट गएका बखतमा भने स्वतन्त्र भएको महशुस हुने भएता पनि स्थानीय समस्याहरु सल्टाउदैको हैरान हुन्थ्यो।

१६. डिजाईन परामर्शदाताका प्रस्तुतीहरु, छलफल तथा बैठकहरुबाट रेलमार्ग सम्बन्धमा प्रसस्त ज्ञान आर्जन गर्न पाईयो। हामीलाई निर्माण र योजना तयार गर्न पनि उहॉहरुको व्यापकै सहयोग लिईयो।

१७. केही अचम्मका पक्ष पनि छन्

(क) रेल विभागमा काम गर्छु भन्दा उडाउ ने ए रेल विभाग, रेलै छैन केको रेल विभाग भन्ने।

(ख) कतै जमघट, विवाह, भोज भतेरको कार्यक्रममा जॉदा उ रेल आयो भनेर उडाउने, रेलका विषयमा जानकारी दिदा दिदा हैरान भईने यसकारण यस्ता समारोहमा जानै मन लाग्न छोड्यो।

(ग) स्थायी रुपमा रेलमार्ग मन नपराउने साथी तथा हाकीमहरू विषेश गरी प्रतिपक्षकै जस्तो गरि भूमिका निर्वाह गर्ने सडक सम्बध्द अधिकारीहरु। बुध्दिजिवी र नागरिकहरु। एउटा सानो टोलीले मुलुकको नीति अनुरूप रात दिन काम गरीरहेको लाई राम्रो भन्न पनि नसक्ने समाज। अचम्म।

(घ) मेरो एउटा राम्रो अथवा नराम्रो के बानी छ भने जुन संस्था कार्यालयमा काम गर्यो त्यसमा पूर्ण लगावका साथ काम गर्ने।यसकारण, पनि कती मित्रहरु, अग्रजहरु, बुध्दिजिवीहरू संग रेलमार्ग सम्बन्धी बहसमा चर्का चर्की पनि पर्यो। यो कुनै व्यक्तिगत थिएन।

(ङ) जहॉ गए पनि नाम भने पछी सबैले चिन्ने नाम भन्ने बित्तीकै ए तपाई रेल विभागको प्रवक्ता हो भनेर सोघ्नेले गर्दा आम जनसमुदायको रेल सम्बन्धी चासो कती रहेछ भन्ने थाहा हुन्थ्यो। अझ, पटकौ पटक त मेरी छोरीलाई पनि सोधेछन तिम्रो बाबा रेल विभागको प्रवक्ता हो भनेर

१८. अब समय घर्कीदै गयो, रात दिन एकै बनाएर काम गर्दा गर्दै पत्तै भएन। अब, नेपालमा रेलमार्गको विकासका सम्बन्धमा रेल विभागका सूचना अधिकारीको रुपमा मेरा स्टाटसहरु आउदैनन् किनभने म अब सरकारी जागिरमा रहन्न। यद्दपी, मेरो लगाव नेपालमा रेलमार्गको विकासको लागि सदा रहने छ।

१९.मेरो मेहनतलाई उत्प्रेरीत गर्ने रेल विभागका महानिर्देशक ज्यू तथा मित्र अनन्त आचार्य, त्यस्तै पूर्व महानिर्देशक तथा मित्र बिष्णुओम बादे ज्यू मन्त्रालयका सहसचिव मित्रहरु केशवकुमार शर्मा र राजेन्द्रराज शर्मालाई, त्यसै गरि पूर्व सचिव श्री घनबहादुर तमाङ, देवेन्द्र कार्की तथा वहालवाला सचिव मधुसुदन अधिकारीज्यूलाई आभार व्यक्त गर्दछु।

२०. सरकारी सेवामा रहेर काम गर्दा परामर्शदाता तथा निर्माण व्यवशायीसंग कतिपय पटक धारणा बाझेहोलान यसलाई नितान्त व्यवशायीक रुपमा बुझीदिनु होला।
अस्तु।