आईएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त

  २०७५ भदौ १३ गते १२:०९     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । भट्टलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने कम्पनीको निर्णयलाई बीमा समितिले गत आईतबार स्वीकृति दिएको छ ।

तर कम्पनीले उनको नियुक्तीबारे आधिकारीक रुपमा जानकारी सार्वजनिक गरेको छैन । प्रक्रियागत केही आन्तरिक काम बाँकी रहेको कम्पनी सम्बद्ध स्रोतले बतायो ।

इएमबीए र बीएलसम्ममा औपचारिक शिक्षा हासिल गरेका भट्टसँग २३ वर्ष बैकिङ् क्षेत्रमा काम गरेको अनुभव छ । केही समय अघिसम्म उनी मेगा बैंक नेपालको डेपुटी सीईओ थिए । त्यसअघि इन्भेष्टमेन्ट बैंकमा थिए । पछिल्लो समय रेमिट टू नेपालमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

२०७४ भदौ १ देखि सञ्चालनमा आएको आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले एक वर्षपछि प्रमुख कार्यकारी अधिकृत पाएको छ । जनशक्तिको अभाव जनाउँदै अझै धेरै बीमा कम्पनीहरुले व्यवस्थापकीय तहको प्रमुख पद रिक्त राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.