महिन्द्राको ‘प्लस न्यु एक्सयूभी५००’ गाडी नेपाली बजारमा, मूल्य ८४ लाख ९५ हजार

  २०७५ भदौ ११ गते १७:५१     विकासन्युज

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले नेपाली बजारमा ‘प्लस न्यु एक्सयूभी५००’ नामक नयाँ गाडी अनावरण गरेको छ । सोमबार नक्सालको महिन्द्रा शोरुम अग्नि इन्कर्पोरेटेड प्रालीमा एक कार्यक्रम आयोजना गरी कम्पनीले उक्त गाडी नेपाली बजारमा सार्वजनिक गरेको हो ।

आकर्षक तथा नयाँ डिजाइन भएको उक्त गाडी विभिन्न विशेषताले भरिपूर्ण रहेको छ । आरामदायी इन्टेरियर, उच्चशक्ति र टर्क युक्त ‘प्लस न्यु एक्सयूभी५००’ ले उत्कृष्ट एसयूभी(सर्पोटस् यूटीलिटी भेकल) समूहमा एउटा नयाँ मापदण्ड कायम गरेको कम्पनीले बताएको छ । गाडीकाे उन्नत लचिलोपना तथा शान्त क्याबिनले अझ आरामदायी यात्राको अनुभूति दिने छ ।

एमह्वाक१५५ इंजिनजडित नयाँ एक्सयूभी५०० ले १५५ हर्स पावर र ३६० एनएम टक्र्यिुको शक्ति दिन्छ । छैठौँ पुस्ताको विद्युतीय रूपमा नियन्त्रित भेराइएबल जिओमेट्री टुर्बोचार्जर(ईभीजीटी)ले ‘प्लस न्यु एक्सयूभी५००’ को सवारीलाई अझ बढी ऊर्जा युक्त र उत्कृष्ट बनाउँने यस गाडीको मूख्य विशेषता हो ।

कम्पनीका अनुसार ओआरभीएम लोगो प्रोजेक्सन ल्याम्पस् सहितको विद्युतीय सनरुफ, न्यु स्मार्ट वाच कनेक्टीभिटी, जीपीएस नेभिगेसनयुक्त १८ सेमी (७इंच) टचस्क्रिन इंफोटेन्मेन्ट, आदिले यस नयाँ गाडीको सवारीलाई अझ बढी गुणस्तरीय बनाउँछ । त्यस्तै, गाडीमा छ वटा एयरब्याग, एबीएस वीथ ईबीडी र आफ्नो श्रेणीमा आकस्मिक कल गर्न सकिने छ । यस गाडीका पांग्राहरूमा डिस्क ब्रेकहरू जडित छन् जसले गर्दा गाडी उकालोमा पनि सन्तुलित रहने र ओरालो लाग्दापनि नियन्त्रणमा रहने कम्पनीले जनाएको छ ।

‘प्लस न्यु एक्सयूभी५००’ गाडी अनावरण गर्ने क्रममा महिन्द्रा एण्ड महिन्द्राका अन्तर्राष्ट्रिय विभाग (दक्षिण एशिया)का उपाध्यक्ष सञ्जय जादवले ‘प्लस न्यु एक्सयूभी५००’ अनावरणसँगै नयाँ मापदण्डहरू कायम गरिएको बताएका छन् । त्यसैगरी, अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले ‘प्लस न्यु एक्सयूभी५००’को नयाँ स्वरूप र नयाँ विशेषताहरूले ड्राइभिङको आनन्द र उत्साह झन् बढाउने बताएका छन् ।

नेपाली बजारमा ‘प्लस न्यु एक्सयूभी५००’ गाडीको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । जुन गाडी महिन्द्राको जुनसुकै संजाल/शाेरूम मार्फत् सजिलै उपलब्ध गर्न सकिने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.