आइएमईको कार्ड लिनेलाई सुमेरु अस्पतालमा १० प्रतिशत छुट, ५ वर्षसम्म लागू हुने

  २०७५ भदौ ११ गते १६:४९     विकासन्युज

काठमाडौं । आइएमई लिमिटेडको कार्ड बोक्ने सेवाग्राहीले सुमेरु अस्पतालमा १० प्रतिशत छुट पाउने भएका छन् । सो मात्राको छुट दिने सम्बन्धि आइएमई लिमिटेड र सुमेरु अस्पतालबीच सोमबार(आज) सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट क्षेत्रीय प्रतिनिधि प्रमुख माधव कटुवाल र सुमेरु अस्पतालको तर्फबाट निर्देशक दीलिप डंगोलले हस्ताक्षर गरेका छन् । यो सम्झौता ५ वर्षसम्मका लागि लागु हुनेछ ।

सम्झौताअनुसार आइएमईमा कार्यरत कर्मचारीहरु र आइएमईका नीजि व्यवसायीक साझेदारहरूले १३ प्रतिशतसम्म छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुनेछ । यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड, कर्मचारी परिचयपत्र वा आइएमईमा आवद्व भएको प्रमाण पत्र अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.