अर्थशास्त्री भन्छन्- कर असुल्नु अघि जनतालाई मोहनी लगाउनुस

  २०७५ भदौ १० गते १५:३५     विकासन्युज

बरिष्ठ अर्थविद डा. चन्द्रमणी अधिकारी

काठमाडौं । कर लगाउंदा जनता फकाउने शैली र सीप चाहिन्छ, मोहनी लगाउन पनि उचित मौसम छान्नु पर्छ  ।नागरिकमाथी कर लगाउनु अघि उनीहरुलाई माया गर्नुस् । नागरिकलाई उपहार दिनुस, कोशेली दिनुस् त्यति पनि नसके मायाको चिनो दिनुस् । सुशासन, विकासको प्रत्याभूति, चुस्त सार्वजनिक सेवा र नागरिकलाई खुसीको अनुभूति दिलाउनुस् । तब नागरिकले पनि सरकारलाई कोशेलीका रुपमा कर तिर्नेछन् ।

जसले गर्दा एउटा सभ्य समाज र समृद्ध मुलुकको निर्माण सम्भव हुन सक्दछ । यसो गरिरहँदा मुलतः दुई वटा सिद्धान्तलाई आत्मसाथ गर्न सक्नु पर्दछ । कर लगाउँदा कर तिर्ने क्षमताको आधार र सेवा शुल्क लगाउँदा लाभ र लागतको सिद्धान्त अपनाउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.