साँग्रिला डेभलपमेन्ट बैंकको सीईओमा सुुयोग श्रेष्ठ, बैंकिङ् क्षेत्रमा लामाे अनुुभव

  २०७५ भदौ ८ गते १४:४०     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृत(सीईओ)मा सुुयोग श्रेष्ठ नियुुक्त भएका छन् । विकास बैंकको भदौ ८ गते(आज) बसेको संचालक समितिको २१४औं बैठकले श्रेष्ठलाई उक्त पदमा नियुुक्त गर्ने निर्णय गरेको हो ।

संखुुवासभा जिल्लाको चैनपुुरमा ४६ वर्ष अघि जन्मिएका श्रेष्ठ यसअघि तत्कालीन एस डेभलपमेन्ट बैंकको प्रमुुख कार्यकारी अधिकृत थिए ।

नवनियुक्त सीईओ श्रेष्ठले त्रिभुुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातक तथा ईन्सिच्युुट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ ईन्डीया, नयाँ दिल्लीबाट चार्र्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेका छन् । सन् २००० मा हिमालयन बैंकबाट जुुनियर अफिसर स्तरबाट आफ्नो बैंकिङ् करियर शुुरु गरेका श्रेष्ठले उक्त बैंकमा इन्टर्नल अडिट डिपार्टमेन्ट हेडसम्मको जिम्मेवारी सम्हालेका थिए ।

त्यस्तै, उनले सन् २००५ मा नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक प्रबन्धक हुुँदै प्रबन्धक तहसम्मको जिम्मेवारी बहन गरी त्यसपछि सन् २००९ मा तत्कालीन भिवोर डेभलपमेन्ट बैंकमा बरिष्ठ प्रबन्धक पदमा कार्य समेत गरेका थिए ।  श्रेष्ठले सन् २०१० मा तत्कालीन एस डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक, निमित्त प्रमुुख कार्यकारी अधिकृत हुुँदै प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सफलतापूूर्वक बहन गरि सकेका थिए ।

यसरी विभिन्न कर्मर्सियल बैंक तथा विकास बैंकको जिम्मेवारपूूर्ण पदमा रही लामो बैंकिङ् अनुुभव हासिल गरेका श्रेष्ठको कार्यकाल तथा नयाँ नेतृत्वले सांग्रिला डेभपलमेन्ट बैंकलाई थप सफलता तथा उचाई प्रदान हुुने संचालक समितिको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.