राष्ट्रिय बीमा कम्पनी र कास्कीको अन्नपूर्ण गाँउपालिकाबीच बीमा सम्झौता

  २०७५ भदौ ४ गते १६:१८     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड र कास्कीको अन्नपूर्ण गाँउपालिकाबीच बीमा सम्झौता भएको छ । उक्त सम्झौतामा राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीरबिक्रम रायमाझि र गाँउपालिकाका अध्यक्ष युवराज कुवँरले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा गाँउपालिका भित्र रहेका विभिन्न किसान तथा पशुपालकहरुको बाली तथा पशुधनको सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाट सहजरुपमा गाँउपालिका मार्फत गर्ने व्यवस्था गरिएको छ । यस सम्झौता मार्फत गाँउपालिकाका गाँउबासीहरुको बाली तथा पशुधन बीमाको अतिरिक्त विभिन्न प्रकारका निर्जीवन बीमा लेखहरु समय समयमा गाँउपालिकाको कार्यालयबाटै पाउने छन् ।

साथै, आवश्यकता अनुसार गाँउबासीहरुलाई समय सापेक्ष बीमा ज्ञान र चेतना अभिवृद्धिका कार्यक्रम तथा सेमिनारहरु दुबै पक्षले गर्ने सहमति पत्रमा जनाइएको छ । राष्ट्रिय बीमा कम्पनीका बजार बिज्ञ सुकल्याण पराजुलीले बीमा शुल्कमा सरकारले उपलब्ध गराएको अनुदान एकातर्फ प्रयोग हुन नसकेको र अर्को तर्फ कृषकहरु कृषि र पशुपालन पेशाबाट विस्तापित हुने अवस्था सृजना भएकोले किसानहरुलाई सचेत गर्दै सरकारी अनुदानको उपयोग गर्दै आर्थिक रुपमा किसानलाई सुरक्षित गर्नु सम्झौताको मूल उद्धेश्य रहेको बताए ।

त्यस्तै, अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुँवरले गाँउबासीको हितको लागी विभिन्न कार्यक्रम लागु गर्ने क्रममा सरकारी स्वामित्वको बीमा कम्पनीलाई सहयात्री बनाएर गाँउबासीको जोखिम व्यवस्थापन गर्न लागेको बताए । साथै, उनले आवश्यक परे कृषि र पशुधन बीमामा थप अनुदान दिन गाँउपालिका तयार रहेको र आजैबाट गाँउपालिकामा पशु गणना गर्न थालिएको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.