मेगा बैंकले मासिक १५ हजारमा गाडी दिने, ब्याजदर १२.५ प्रतिशत मात्र

  २०७५ साउन ३० गते १४:४३     विकासन्युज

काठमाडौ । मेगा बैंकबाट मासिक १५ हजार रुपैयाँ किस्तामा गाडी पाइने भएको छ । किस्तावन्दीमा गाडी उपलब्ध गराउने विषयमा बैंक र नारायणी अटो बिजनेश प्राइभेट लिमिटेडबीच सरल किस्तामा अटो लोन प्रदान गर्ने सम्झौता भएको छ ।

नारायणी अटो बिजनेशबाट गाडी किन्न चाहने ग्राहकलाई मेगाले सरल, सहज र शुलभ दरमा १० बर्षसम्म वित्तीय सुविधा प्रदान गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेली र नारायणी अटोका प्रबन्ध निर्देशक अनुपकुमार बरालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार, नारायणी अटोबाट कुनै पनि कम्पनीका गाडी लिँदा ग्राहकहरुले १० बर्षसम्मको वित्तीय सुविधा पाउने भएका छन् । जसमध्ये अल्टो, वागेन आर र सेलेरियो गाडीमा ३५ प्रतिशत डाउन पेमेन्ट गरेपछि १५ हजार मासिक किस्तामै गाडी किन्न सकिनेछ । ग्राहकहरुले अहिलेको प्रचलित ब्याजदर अनुसार जम्मा साँढे १२ प्रतिशतमा अटो लोन लिन सक्नेछन् । प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ कार्य दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.