अरुण तेस्रो आयोजनाको प्रवद्र्धक एसजेवीएनले पायो भारु सटही सुविधा

  २०७५ साउन २९ गते १६:१४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवद्र्धक सजेवीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई भारतीय रुपैयाँ (भारु) सटही सुविधा दिने भएको छ ।

केन्द्रीय बैंकले लगानी बोर्डको शिफारिशका आधारमा आयोजना निर्माणका लागि ठेकेदार र परामर्शदातालाई भुत्तानी गर्नका लागि सटही सुविधा दिने भएको हो । एसजेवीएनले पेश गरेको कागजको परीक्षण गरेर भारु सटही सुविधा पाउने भएको हो । सटही सुविधाका लागि कर चुक्ता भएको प्रमाणपत्र आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ ।

भारत सरकारको एसजेवीएनले संखुवासभामा ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजना निर्माण सुरु गरेको छ । आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

कुल लगानी मध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । एसजेविएनले स्वपुँजी वापत २५ अर्ब रुपैयाँ लगानी गर्नेछ , आयोजना आउँदो सन् २०२२ को सेप्टेम्वरमा सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।

निर्माण अवधी बाहेक आयोजनाको अवधि २५ वर्ष रहेको छ । आयोजनाबाट वार्षिक २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली नेपालले निःशुल्क पाउने छ । अरुण तेस्रोबाट नेपालले वार्षिक ८६ करोड युनिट बिजुली सित्तैमा पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.