नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १५ प्रतिशत बढेर ३ अर्ब ५७ करोड पुग्यो, ईपीएस ३८ रुपैयाँ ७० पैसा

  २०७५ साउन २९ गते ९:३८     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ मा नेपाल इन्भेष्टमेन्ट बैंकले नाफा १५ प्रतिशत बढाएको छ । गत असारसम्म बैंकले ३ अर्ब ५७ करोड ८८ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ११ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो । एक वर्षमा बैंकले ४६ करोड ४७ लाख रुपैयाँ नाफा बढाएको मंगलबार सार्वजनिक गरेको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी बढेर ५ अर्ब ८७ करोड ८० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ४ अर्ब ८७ करोड रुपैयाँ ब्याज आम्दानी थियो । एक वर्षमा बैंकको ब्याज आम्दानी १ अर्ब रुपैयाँ बढेको छ । बैंकको निष्क्रिय कर्जा बढेर १ प्रतिशत नाघेको छ । अघिल्लो वर्ष बैंकको यस्तो कर्जा ०.८३ प्रतिशत थियो । यस्तै निक्षेप लागत पनि बढेर ६.३१ प्रतिशत पुगेको छ । गत अघिल्लो वर्ष ५.८४ प्रतिशत थियो ।

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७५ प्रतिशत छ । आधार ब्याजदर पनि बढेर ९ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष आधारदर ८.३६ प्रतिशत थियो । प्रतिसेयर आम्दानी बढेर ३८ रुपैयाँ ७० पैसा पुगेको छ । अघिल्लो वर्ष ३७ रुपैयाँ ३८ पैसा थियो । समीक्षा अवधिमा बैंकको निक्षेप परिचालन बढेर १ खर्ब ४० अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा १ खर्ब २५ अर्ब ६६ करोड रुपैयाँ थियो । एक वर्षमा बैंकले १५ अर्ब रुपैयाँ निक्षेप बढाएको वित्तीय विवरणमा उल्लेख छ । यस्तै कर्जा लगानीमा पनि विस्तार भएको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब २० करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष १ अर्ब ४ करोड ६ लाख रुपैयाँ मात्र लगानी गरेको थियो । बैंकको जगेडा कोषको आकार बढेर १५ अर्ब ३ करोड ३७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १३ अर्ब ४ करोड रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.