भारु हालसम्मकै कमजोर भई १ डलर बराबर ७० पुग्यो, नेपालमा के होला ?

  २०७५ साउन २८ गते १९:२८     विकासन्युज

एजेन्सी । भारतीय रुपैयाँ (भारु) अमेरिकी डलरसंग हालसम्मकै कमजोर भएको छ । भारतीय रिजर्व बैंक (आरबीआई) ले १ डलर बराबर ७० भारु तोकेको छ । सोमबार मात्रै डलरसंग भारु १ रुपैयाँले कमजोर भएको छ । यो ऐतिहासिक रुपमा कमजोर भएको फाइनान्सियल एक्सप्रेसले उल्लेख गरेको छ ।

टर्कीको अर्थतन्त्र संकटतर्फ उन्मुख भएपछि यसको असर भारुमा परेको हो । यद्यपी डलर भने मजवुत हुदै गएको छ । सोमबार टर्कीको लिरा ८ प्रतिशत कमजोर भएको छ ।

वृहत आर्थिक परिदृष्यले भारतको अर्थतन्त्र राम्रो देखाएपछि सोमबार बिहान भारु केही मजवुत भएको थियो । सोमबार बिहान ४१ पैसा मजवुत भई १ डलर बराबर ६८ रुपैयाँ ४२ पैसा भारु कायम भएको थियो । भारु अझ कमजोर हुने अनुमान गरिएको छ ।

भारुसंग स्थिर विनिमयदर भएकाले नेपाली रुपैयाँ पनि कमजोर हुने भएको छ । यसको असर नेपालमा पनि पर्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार १ डलर बराबर ११० रुपैयाँ ४३ पैसा बिक्री दर तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.