नेप्सेले लिने सेयर सूचीकरण र वार्षिक शुल्क निर्धारण, कति पुँजीको कति (सुचिसहित)

  २०७५ साउन २८ गते १९:००     विकासन्युज

काठमाडौं । धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले लिने सूचीकरण तथा वार्षिक शुल्क निर्धारण गरेको छ । बोर्डले चुक्तापुँजी ५० करोड रुपैयाँसम्म भएका कम्पनीले सूचीकरण शुल्क ०.१० प्रतिशत वा न्युनतम १ लाख ५० हजार रुपैयाँ तोकेको छ । यस्तै वार्षिक शुल्क ५० हजार रुपैयाँ निर्धारण गरेको छ ।

५० करोड रुपैयाँ भन्दा बढी चुक्तापुँजी भएका कम्पनीले सूचीकरण शुल्क ०.०५ प्रतिशत वा २ लाख ५० हजार रुपैयाँ बुझाउनु पर्नेछ । वार्षिक शुल्क पनि १ लाख रुपैयाँ तोकिएको छ । नेप्सेले ५० करोड रुपैयाँसम्म चुक्तापुँजी हुने कम्पनीको सूचीकरण शुल्क ०.१५ र ५० करोड माथिको ०.१ प्रतिशत प्रस्ताव गरेको थियो । नेप्सेले प्रस्ताव गरेको भन्दा कम दर तय गरेको बोर्डका प्रवत्ता निरज गिरीले बताए ।

यस्तै डिबेन्चर, एकाँक बचत वा समूहगत बचत सूचीकरण अन्तर्गत ५० करोड रुपैयाँसम्म निष्कासन रकममा सूचीकरण शुल्क ६० हजार र वार्षिक शुल्क २५ हजार, ५० करोड रुपैयाँ भन्दा बढीको निष्कासन रकम भएकोमा सूचीकरण शुल्क १ लाख र वार्षिक शुल्क ५० हजार रुपैयाँ तय गरिएको छ ।

सूचीकरण निवेदन दस्तुर १५ हजार र समयमा नविकरण शुल्क नबुझाउने कम्पनीले वार्षिक १० प्रतिशतका दरले जरिवाना बुझाउनु पर्ने बोर्डले जनाएको छ ।  बोर्डले धितोपत्र सूचीकरण विनियमावली साउन १ गतेदेखि लागु गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.