नेपाल एसबिआई बैंकको बार्षिक कमाई एक अर्ब ३४ करोड

  २०७५ साउन २८ गते १०:०२     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले एक अर्ब ३४ करोड नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्ष २०७४।७५ मा अघिल्लो बर्षको तुलनामा २१ करोडले नाफा बढाएको हो । नयाँ लेखा प्रणाली एनएफआरएस अनुसार सार्वजनिक गरिएको अपरिस्कृत वित्तिय विवरणमा बैंकले गत आर्थिक बर्षमा ८४ अर्ब निक्षेप संकलन गरेर ७५ अर्ब कर्जा प्रवाह गरेको छ ।

नेपाल एसबिआई बैंकको ब्याज आम्दानी ९ अर्ब छ भने ब्याज खर्च ४ अर्ब ९१ करोड रुपैंयाँ रहेको छ । आधार ब्याजदर १०.१२ प्रतिशत रहँदा खराब कर्जा ०.२० प्रतिशत कायम गराएको छ । नेपाल एसबिआईको प्रति सेयर आम्दानी २३.४३ रुपैंयाँ रहेको छ ।

बैंकले नाफाबाट २० प्रतिशत जगेडा कोष, ३ प्रतिशत कर्मचारी तालिम र १ प्रतिशत संस्थागत समाजिक उत्तरदायीत्वका लागि छुट्याउँदा ११.११ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.