माछापुच्छ्रे बैंकको नाफा १२१ करोड, कति पाउँछन लगानीकर्ताले लाभांश ?

  २०७५ साउन २८ गते ९:३१     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले १२१ करोड नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्ष २०७४।७५ मा नाफा कमाएको हो । अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले ७२ अर्ब निक्षेप संकलन गरेर ६५ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको ब्याज आम्दानी ७ अर्ब ७५ करोड देखिन्छ भने ५ अर्ब ६ करोड ब्याज खर्च गरेको छ ।

बैंकको खराब कर्जा ०.३८ प्रतिशत रहेको छ भने आधार ब्याजदर ११.०६ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी भने १६.४१ रुपैंयाँ रहेको छ ।
बैंकले २० प्रतिशत जगेडा कोष, ३ प्रतिशत कर्मचारीको शिप विकास र १ प्रतिशत संस्थागत समाजिक उत्तरदायीत्वका लागि छुट्याउँदा ११.१८ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.