सिटिजन्स बैंकद्धारा मालिका बालविद्यालयलाई आर्थिक सहयोग

  २०७५ साउन २७ गते १८:२१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कंचनपुरको मालिका बालविद्यालयका आर्थिक सहयोग गरेको छ । बैंकले यस बालविद्यालयका प्रिन्सिपल देवचन्द्र उपाध्यायलाई ५१ हजार ६ सय ५० रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

उक्त रकमबाट विद्यालयको कक्षा ६ मा अध्ययनरत दिनेश पन्तलाई २६ हजार २ सय रुपैयाँ तथा कक्षा ५ मा अध्ययनरत महेन्द्र रानालाई २५ हजार ४ सय ५० रुपैयाँको छात्रवृति प्रदान गरिने कुरा विद्यालयका प्रिन्सिपल देवचन्द्र उपाध्यायले बताए ।

बैंकका महेन्द्रनगरका शाखाप्रबन्धक, नरेन्द्र चन्दले बैंकले प्रदान गरेको छात्रवृतिले मेहनती, जेहन्दार तथा आर्थिक रूपले कमजोर रहेका विद्यार्थीलाई सहयोग पुग्ने विश्वास बताएका छन् । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.