मुनाल सहकारी र पोखरा हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता

  २०७५ साउन २७ गते १६:०९     विकासन्युज

काठमाडौं । पोखरा नयाँबजारको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर बिच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा सहकारीको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद हुमागाई र पोखरा हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक बासुदेव कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापछि सहकारीका कर्मचारीले पोखरा अस्पतालबाट प्रदान गर्ने सबै किसिमका स्वास्थ्य सेवामा न्यूनतम १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्न सक्नेछन । यस अस्पतालले २४ घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ डाक्टरहरुबाट सबै प्रकारका रोगको उपचार सेवा, आधुनिक ल्याव, डिजिटल एक्स्रे, आधुनिक शल्यक्रीया कक्ष, फार्मेसी मार्फत सेवा प्रदान गरिरहेको छ ।

यो विशेष छुट सुविधाबाट सहकारीका सेयर सदस्य, कर्मचारी र परिवार लाभान्वित हुने मुनाल सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.