प्रोग्रेसिभ फाइनान्सको सबैभन्दा बढी सेयर कारोबार, यस्तो छ कारण

  २०७५ साउन २६ गते १६:५२     विकासन्युज

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । यस साता प्रोग्रेसिभको ५ करोड ९० लाख ४० हजार बराबरको सेयर कारोबार भएको छ । कारोबार भएको सेयर सङ्ख्याका आधारमा पनि सोही कम्पनी अग्रस्थानमा रहेको छ । सो कम्पनीको ५ लाख ८५ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

२८१ प्रतिशत हकप्रद सेयर पाउने भएपछि लगानीकर्ता प्रोगेसिभमा लोभिएका हुन् । चुक्तापुँजी बढाउन फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने भएपछि लगानीकर्ता लोभिएका हुन् । साउन २२ गतेसम्म अर्थात मंगलबारसम्म सेयर किन्नेले २८१ प्रतिशत हकप्रद सेयर भर्न पाउने भएपछि लगानीकर्ताले बढी सेयर किनेका हुन् ।

फाइनान्सले भदौ ५ गतेदेखि ५९ करोड रुपैयाँ बराबरको ५९ लाख १ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासन असोज ८ गतेसम्म हुने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद बाँडफाँडपछि फाइनान्सको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

संस्थापक शेयरधनीको ५१ प्रतिशत अर्थात ४० करोड ८० लाख रुपैयाँ र सर्वसधारणको ४९ प्रतिशत अर्थात ३९ करोड २० लाख रुपैयाँ पुँजी पुग्नेछ । धितोपत्र बजारमा यस साता कारोबार रकम साताभरि १ अर्ब रुपैयाँ समेत पुग्न सकेन । नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीको सेयर कारोबार भए पनि कारोबार रकम भने ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँमा मात्रै सीमित भएको छ ।

यस साता कूल ३६ लाख ४७ हजार ८४० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १४.६८ प्रतिशत कम हो । गत साता १८१ कम्पनीको ४० लाख ८४ हजार ५२० कित्ता सेयर १ अर्ब ७ करोड ६७ लाख ४८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.