किरणामान जाेशीले भने ‘राजेश हमाल मेरो साथी हो, तँलाई सिध्याईदिन्छु’

  २०७५ साउन २६ गते १३:१०     विकासन्युज

काठमाडौं । सामाजिक बेथितिबारे लेखिएको समाचारलाई लिएर किरणमान जोशीले विकासन्युजका प्रधानसम्पादक रामकृष्ण पौडेलको ज्यान लिने धम्की दिएका छन् । जोशीले अष्ट्रेलियाबाट ६१४११७४८८१० नम्बर प्रयोग गरी फाेनबाट ज्यान लिने धम्की दिएका हुन् ।

‘तैलै मलाई चिनेको रहेनछस् । विश्वको २०० देशको कुनै पनि ठाउँमा बस्ने मान्छेलाई सिध्याउन सक्छु ।’

‘म नेपालमा पनि बस्छु । म अमेरिका पनि बस्छु, अष्ट्रेलिया पनि बस्छु । म विश्वको धेरै देश घुमिरहेको हुन्छु । मेरो बारेमा समाचार लेख्दा मेरो हैसियत र क्षमताको बारेमा जानकारी राखेस्’ उनले भने ।

‘नेपालको सबैभन्दा नाम चलेको कलाकार राजेश हमाल मेरो साथी हो । म पनि कलाकार हुँ । बीबीसीले मेरो अन्तरवार्ता लिएको छ । कलाकार, पत्रकार सबैले मलाई चिन्छन्, प्रहरी र सेनामा पनि मेरा साथीहरु छन्’ उनले फिल्मीशैलीमा आफ्नो रवाफ देखाए ।

आफू काठमाडौंको रैथाने भएकोले चाहेको अवस्थामा राजधानी बाहिरबाट आएर काठमाडौंमा बसोबास गर्ने जो कोहीको विल्लिबाठ गर्ने क्षमता आफूसँग भएको उनले बताए । ८ मिनेट ९ सेकेण्डसम्म एकतर्फी रुपमा बोलेका जोशीले प्रधानसम्पादकलाई पटक पटक सिध्याई दिने धम्की दिएका छन् ।

नेपालमा विवाहपछि श्रीमानको सम्पूर्ण सम्पत्तिमा श्रीमतीको आधा हक लाग्ने कानुनी व्यवस्था छ । यसैलाई आधार मानेर केही महिलाहरु धनी केटासँग विवाह गर्ने, केही समयपछि सम्बन्ध विच्छेद गरी केटाको आधा सम्पत्ति लिने, फेरि अर्को केटासँग विवाह गर्ने विकृति मौलाएको छ ।

त्यस्तै आर्थिक रुपमा कंगाल भएका केटाहरु पनि सम्पत्तिवालकी छोरीलाई प्रेममा फसाउने, विवाह गर्ने, प्रशस्त दाइजो लिने, विवाहपछि विभिन्न वहानामा ससुरालीको सम्पत्ति धुत्ने, अन्तिममा डिभोर्स गरेर महिलाको विचल्ली बनाउने विकृति बढेको छ ।

यस्तै विकृतिको प्रतिनिधि मुलक घट्ना समेटिएको  ‘बुहारी भगाएर गुरु न्यौपानेको सम्पत्ति हत्याउने प्रयास, डिभोर्ससँगै आधा सम्पत्ति मागिन् पुजाले’ शिर्षकमा समाचार विकासन्युजमा प्रकाशित भएको थियो ।

‘मेरो र पुजा दाहालबीचको सम्बन्ध हाम्रो निजी मामिला हो, यस्तो विषयमा समाचार बनाउँदा मलाई सोधिएन’ जोशीले असन्तुष्टि जनाए ।

उक्त समाचारका सम्बन्धित पात्रहरु पुजा दाहाल, शतिस न्यौपाने, बरिष्ठ अधिबक्ता सुरेन्द्र भण्डारीको भनाई उल्लेख गरिएको छ । तर अष्ट्रेलिया बस्ने जोशीसँग सम्पर्क जोड्न सकिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.