नेपाल बङ्गलादेश बैंक र एनएलजी ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ साउन २५ गते १७:३७     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक र एनएलजी ईन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुनिल बहादुर पन्तले हस्ताक्षर गरेका थिए ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले कम्पनीको जुनसुकै शाखाहरुबाट निर्जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.