समाजवादमा निःशुल्क शिक्षा दिन्छौंः गृहमन्त्री थापा

  २०७५ साउन २५ गते १६:२४     विकासन्युज

चितवन । गृहमन्त्री राम बहादुर थापाले समाजवादमा निःशुल्क शिक्षा प्राप्त हुने बताएका छन् । चितवनमा आयोजीत एक कार्यक्रममा बोल्दै गृहमन्त्री बादलले समाजवादमा शिक्षा निःशुल्क हुने र सरकार त्यसको तयारीमा जुटिसकेको बताएका हुन् । शिक्षामा अहिले अल्पसंख्यक पुजीबादीको हावी छ उनले भनेबहुसंख्यक अझै बाहिर छन्, त्यो हुनु हुदैन्, शिक्षा समाजवाद उन्मुख हुन जरुरी छ ।

सरकारले शिक्षामा निजि र सिन्डीकेटको अन्त्य गर्दै निशुल्क समाजवाद उन्मुख शिक्षालाई जोड दिएको बताउदै शिक्षमा पुजीपतिको हावी अन्त्य गराएरै छाड्ने प्रतिवद्धता जनाए । उनले विदेशमा नेपाली पढ्न जादाँ समेत नेपाली पुजी बाहिरीएकै भन्दै यसको लागि नेपालमा सर्वसुलभ रुपमा गुणस्तरी शिक्षा कसरी दिने भन्ने बारेमा सरकार गम्भीर रुपमामा छलफलमा रहेको समेत बताए ।

शिक्षा एकाधिकारीको अन्त्यका लागि आफुहरु कटिवद्ध भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका संयुक्त प्राध्यापक संगठन र संयुक्त विद्यार्थी सगठंनले आयोजना गरेको सम्मान ग्रहण गर्दै थापाले सो कुरा बताएका हुन् ।

तत्कालीन रामपुर कृषि क्याम्पसका पूर्व विद्यार्थी समेत रहेका थापा राज्यको सुरक्षा व्यवस्थाको प्रमुख निकायमा पुग्नु चितवनसगैँ समग्र मुलुकै लागि गौरवको विषय भएको उनीहरुले सम्मान गरेको हुन् । कृषि शिक्षा सर्वसधारणको पहुँचमा पुराउन, निजि क्षेत्रलाई दिने सम्बन्धन, कृषि परिषद् गठन र कृषि शिक्षा ऐन, निति निर्माणका लागि पहल गर्न समेत प्राध्यापक र विद्यार्थीहरुले सो अवसरमा माग राखेको कृषि विश्व विद्यालयका उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.