२०७५ साउन २५ गते १४:२८ विकासन्युज
काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकैसाथ ५ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा महोत्तरीको बर्दीबास, रौतहटको चन्द्रनिगाहपुर, सुनसरीको इटहरी तथा इनरुवा र झापाको दमकमा गरी थप पाँच शाखा कार्यालय विस्तार गरी सञ्चालनमा ल्याएको हो ।
बर्दीबास शाखाको उद्घाटन उद्योग वाणिज्य संघ, बर्दीबासका अध्यक्ष प्रहल्लाद क्षेत्री, रौतहटको प्रतिनिधि सभाका सदस्य देवप्रसाद तिमल्सिना, ईटहरीको उद्घाटन ईटहरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेसकुमार विष्ट, इनरुवाको उद्घाटन प्रदेशसभा सदस्य राजिब कोइराला तथा दमक शाखाको उद्घाटन दमक नगरपालिका मेयर रोमनाथ ओलीले गरेका छन् ।
यसका साथै, बैंकले ९५ वटा शाखा, १५ वटा एटीएम र ३ लाख ७५ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.