लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३६ प्रतिशत बोनस दिने, पुँजी एक अर्ब ८१ करोड नाघ्ने

  २०७५ साउन २५ गते १२:३४     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले ३६ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, इन्स्योरेन्सले कर प्रयोजनको लागि १.८९४७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव गत बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले गत आवको मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको सो मात्राको बोनस दिने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३३ करोड रुपैयाँ रहेको छ । ३६ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ८१ करोड रुपैयाँ नाघ्ने छ ।

समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रा लगानीकर्ताले सो मात्राको बोनस पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.