सिटिजन बैंकको एफपीओ बाँडफाँड, ४६ हजार ३७६ ले १० कित्ता पाए

  २०७५ साउन २५ गते १२:१०     विकासन्युज

काठमाडौं । सिटिजन बैंकको थप निष्कासन (एफपीओ) आज शुक्रबार बाँडफाँड भएको छ । गोलाप्रथा गर्दा ४६ हजार ३७६ जनाले १० कित्ता दरले एफपीओ पाएका छन् । यस्तै ६ जनालाई ११ कित्ताका दरले परेको छ । माग भन्दा १४ गुणा बढी आवेदन परेपछि गोलाप्रथाबाट एफपीओ बाँडफाँड गरिएको हो ।

कुल ६२ हजार ७८२ आवेदकबाट ६१ लाख ५ हजार ६३० कित्ता एफपीओ खरिदका लागि आवेदन परेको थियो । बैंकले प्रतिकित्ता १०० रुपैयाँ प्रिमिमय थप गरी प्रतिकित्ता २०० रुपैयाँमा ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्काशन गरेको हो ।

बैंकले संस्थापक साधारण शेयर अनुपात ५१ः४९ प्रतिशत कायम गर्न एफपीओ निष्काशन गरेको हो । पछिल्लो समयमा सिटिजनको मात्र एफपीओ माग भन्दा १४ गुणा बढी आवेदन परेको छ । नेपाल बैंकको एफीओ बिक्री हुन सकेन । यस्तै एनएमबी बैंकको एफपीओ बल्लतल्ल बिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.