बंगलादेशका उर्जा राज्यमन्त्रीद्वारा चन्द्रागिरिको भ्रमण

  २०७५ साउन २४ गते १८:२६     विकासन्युज

चन्द्रागिरि । बंगलादेशका बिजुलीको लागि राज्य, ऊर्जा र खनिज संसाधनमन्त्री नर्सुल हमिद सहितको टोलिले चन्द्रागिरिको भ्रमण गरेका छन् ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हमिदलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

भ्रमणमा हमिदले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण चन्द्रागिरि पर्वतमाअति नै राम्रो परियोजना निर्माण भएको बताएका छन् ।

भ्रमणका क्रममा हमिदले कम्पनीका अध्यक्ष ढकाललाई परियोजनाको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.