अब महालक्ष्मी विकास बैंकबाटै प्रभु लाइफको इन्स्योरेन्स सेवा पाइने

  २०७५ साउन २४ गते १८:१२     विकासन्युज

काठमाडौं । अब महालक्ष्मी विकास बैंकबाटै प्रभु लाइफ इन्स्योरेन्सको सेवा पाइने छ । बिहीबार दुई कम्पनीबीच भएको बैंकास्योरेन्स सम्झौता अनुसार प्रभु इन्स्योरेन्सका ग्राहकले महालक्ष्मी विकास बैंकबाटै सम्पूर्ण बीमा सेवा पाउने भएका छन् ।

उक्त सम्झौतामा प्रभु लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने तथा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन् । अब जीवन बीमाको प्रिमियम महालक्ष्मी बिकास बैंक मार्फत समेत बुझाउन सकिने छ ।

प्रभु लाइफ इन्स्योरेन्सले केही समयमै थप शाखाहरु विस्तार गर्दे लैजाने लक्ष्य लिएको छ । दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक सेयरधनीले १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.