सामुदायिक विद्युत उपभोक्ता र एडभान्स कलेजबीच एमओयूमा हस्ताक्षर

  २०७५ साउन २४ गते १७:२७     विकासन्युज

काठमाडौं । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ नेपाल र एडभान्स कलेज अफ ईन्जिनियरिङ्ग बीच समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको छ । उक्त सम्झौतामा सामुदायिक विद्युत उपभोक्ताको तर्फवाट अध्यक्ष नारायण ज्ञवाली र एडभान्स कलेजको तर्फबाट प्रा.डा. वालकृष्ण सापकोटाले हस्ताक्षर गरेका हुन्।

सम्झौता पश्चात कलेजले स्नातक अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघसँग समन्वय गराउने र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघले विद्यार्थीहरुलाई सामुदायिक विद्युत उपभोक्ता संस्थाको क्षमता विकासमा लगाउने भएको छ । जसबाट सामुदायिक विद्युतीकरण कार्यक्रमबाट विद्युतीकरण भएको क्षेत्रमा प्राविधिक क्षमता विकास भई ग्रामीण क्षेत्रका जनतामा दिगो, गुणस्तरीय तथा सुरक्षित विद्युत पुग्ने अपेक्षा लिईएको छ ।

साथै, अध्ययनको नाममा भईरहेको वौद्धिक पलायनलाई केहीहदसम्म रोक्न समेत यसले मदत पुर्याउँने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.