माथिल्लो तामाकोसीको आईपीओ काठमाडौंबाट भर्ने समय ५ दिन थपियो

  २०७५ साउन २४ गते १६:२०     विकासन्युज

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) काठमाडौंबाट भर्नका लागि ५ दिन म्याद थप भएको छ । स्थानीयबासिन्दाको उत्साहप्रद सहभागिता भएपछि काठमाडौंबाट आईपीओ भर्ने समय ५ दिन थप्न लागेको प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञान श्रेष्ठले बताए । आईपीओ भर्ने समय भोली शुक्रबार सकिदै थियो ।

काठमाडौंबाट शेयर भर्ने अत्यधिक चापलाई हरेर समय थप गरिएको उनले जानकारी दिए । उनका अनुसार बुधबारसम्म करिब ५० हजार आवेदकबाट १ अर्ब ५ करोड रुपैया संकलन भइसकेको छ । आयोजना प्रभावित स्थानीयबासिन्दालाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता निष्कासन गरेको हो । आईपीओ भर्न डिम्याट नभए पनि हुने व्यवस्था गरिएको छ ।

कम्पनीले काठमाडौंका अतिरित्त दोलखामा रहेका बैकका शाखाहरु भएका २१ वटा स्थानहरुवाट सेयर आवेदन संकलन भइरहेको छ । र बैक नभएको स्थानहरुमा घुम्ति संकलन केन्द्रको समेत व्यवस्था गरिएको छ । विकट गाउँबाट आवेदन संकलन गर्न स्वयंसेवकहरु परिचालन गरिएको छ । तामाकोसीको आईपीओ साउन १६ गतेदेखि भदौ १४ गतेसम्म निष्कासन हुनेछ । आयोजना प्रभावितले प्रतिकित्ता न्युनतम ३० देखि अधिकतम ३०० र सर्वसाधारणले ५० देखि बढीमा १ हजार कित्तासम्म आईपीओ भर्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.