गण्डकी विकास बैंकको ४ नयाँ शाखा सञ्चालनमा, संख्या ७२ पुग्यो

  २०७५ साउन २३ गते १३:३३     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन थप ४ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले ताप्लेजुङको फुङलिङ, मुस्ताङको कागवेनी, भक्तपुरको सुकुलढोका र ललितपुरको इमाडोलमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो ।

यससँगै बैंकको शाखा संख्या ७२ पुगेको छ । बैंकले छिटै थप ५ वटा शाखाहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.