सिप्रदीले ल्यायो युवालक्षित योजना, १२ लाखमै टाटा सुमो दिने

  २०७५ साउन २० गते १७:४९     विकासन्युज

काठमाडौँ । सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले आइतबारदेखि युवालाई लक्षित गरि निःशुल्क तालिम र रुटको व्यवस्था सहितको टाटा सुमोगोल्ड जिप नेपाली बजारमा ल्याएको छ ।

सिप्रदीले ड्राइभिङ र मेकानिकल तालिम, सुलभ फाइनान्स, १ वर्षको बीमाको सुबिधा दिने भएको छ । सुरुमा १२ लाख रुपैयाँ बुझाएपछि सुमो दिने जनाएको छ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदीले आफ्नो गाडी आफै सवारी नामक व्यबसायिक अभियान सुरु गरेको हो । सो अभियानमा सहभागी हुनेलाई सस्तो दरमा पुँजीको पनि ब्यवस्था गरिदिने भएको छ । यसले स्वदेशमा नै रोजगारीको सृजना गर्न सिप्रदीकाे भनाइ छ ।

राजनबाबु श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, सिप्रदी ट्रेडिङ प्रा. लि.

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले नेपालीलाई विदेश जान रोक्न र विदेशबाट आएकाले पनि सो अभियानमा भाग लिएर मासिक १ लाख रुपैयाँसम्म कमाउन सकुन भन्ने उद्धेश्यले अभियान सुरु गरेको बताए । 

यो अभियानमा २०० भन्दा धेरै सहभागी गराउने लक्ष्य रहेको उनले जानकारी दिए । सो अभियानमा कम्पनीले पत्रकार रवि लामिछानेलाई ब्राण्ड एम्बेस्डर बनाएको छ ।

हाल नेपालमा टाटाको ५७ वटा वर्कसप, ४५ वटा सोरुम र २४ वटा मोवाइल भ्यानहरु संचालनमा रहेका छन् । साथै मोवाइल वर्कसप पनि संचालनमा ल्याउदै छ । नेपालमा हाल ७० भन्दा बढि रुटमा ५ हजार टाटा सुमोहरु संचालन भैरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.