प्रधानन्यायधिशमा जोशी अस्वीकृत, काँग्रेसद्धारा सुनुवार्इ बहिस्कार

२०७५ साउन १८ गते १४:३५ विकासन्युज

काठमाडौं । सर्वाेच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायधिक दिपकराज जोशी अस्वीकृत भएका छन् । संसदिय सुनुवाई बिशेष समितिका दुई तिहाई सदस्यहरुले जोशीलाई अस्वीकृत गरेका हुन् ।

प्रस्तावित प्रधानन्यायधिश दिपकराज जोशीबारे निर्णय गर्न बसेको संसदिय सुनुवाई समितिको बैठक नेपाली काँग्रेसका सांसदहरुले बहिस्कार गरेका छन् । मतदानबाट निर्णय गर्ने तयारी थालेपछि काँग्रेस सांसद ज्ञानेन्द्र बहादुर कार्की, जितेन्द्र नारायण देव र भिमसेन दास प्रधानले विज्ञप्ति निकाल्ने बहिष्कार गरेका हुन् ।