वेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा तोयाराज अधिकारी नियुक्त

  २०७५ साउन १८ गते ११:१७     विकासन्युज

काठमाडौं । वेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा तोयाराज अधिकारी नियुक्त भएका छन् । साउन १७ गते बसेको कम्पनीको सञ्चालक समितिले बैठकले अधिकारीलाई आगामी दुई वर्षको लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष पदमराज न्यौपानेले जानकारी दिए ।

सीईओ अधिकारीले साउन १८ गतेदेखि जिम्मेवारी समालेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट विज्ञानमा स्नातक र अर्थशास्त्रमा स्नातकोत्तर गरेका अधिकारीसँग १७ वर्ष विभिन्न बैंक फाइनान्समा काम गरेको अनुभव छ ।

अधिकारीका अनुसार उनले सन् २००१ देखि ११ सम्म माछापुच्छ्रे बैंकमा काम गरेका थिए । त्यसपछि उनी कास्की फाइनान्समा ७ वर्ष सीईओ भएका थिए ।

कास्की फाइनान्स कामना विकास बैंकमा मर्ज भएपछि उनी कामना विकास बैंकको सीईओ भएका थिए । कामना विकास बैंक र सेवा विकास बैंक मर्ज भएपछि बनेको कामना सेवा विकास बैंकमा डेपुटी सीईओ रहेर काम गरेका थिए ।

‘वाणिज्य बैंकमा, विकास बैंकमा, फाइनान्स कम्पनीमा, मर्ज भएको संस्थामा काम गरेको अनुभव छ । विभिन्न समस्याबाट माथि उठ्दै गरेको र मर्जपछि ठूलो संस्थाको रुपमा स्थापित भएको बेष्ट फाइनान्समा आफ्नो अनुभव र क्षमता प्रयोग गर्छु’ अधिकारीले विकासन्युजसँग भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.