एनसीसी बैंकद्धारा कर्णालीका निःसहाय बालबालिकालाई ३ लाखको आर्थिक सहयोग

  २०७५ साउन १७ गते १४:३३     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले कर्णाली प्रदेश नं. ६ मा रहेका गरिब तथा निःसहाय बालबालिकालाई ३ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले उक्त जिल्लाका शिक्षा, स्वास्थ्यबाट बन्चित ४० जना अनाथ, असहाय तथा अपाङ्ग बालबालिकाको जिम्मेवारी लिई सगरमाथा प्रतिष्ठान नेपालद्धारा संचालित हेल्पलेस चिल्ड्रेन होमलाई उक्त रकमको चेक हस्तान्तरण गरेको छ ।

बैंकले किर्तिपुरको चोभारमा रहेको उक्त चिल्ड्रेन होमलाई त्यहाँ रहेका ४० जना बालबालिकाहरुको १ वर्षको लागि आवश्यक पर्ने विद्यालय शुल्क तथा औषधोपचार खर्चको निमित्त सो मात्राको आर्थिक सहयोग गरेको हो ।

उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले एक कार्यक्रमका बीच सगरमाथा प्रतिष्ठान नेपालका अध्यक्ष नरबहादुर लिम्बुलाई हस्तान्तरण गरेका छन् । उक्त रकम ४० जना निःसहाय बालबालिकाहरुको विद्यालय शुल्कको लागि प्रतिमहिना २० हजार रुपैयाँ तथा औषधोपचार खर्च १५०० रुपैयाँ रहेको बैंकले जनाएको छ ।

साथै, हेल्पलेस चिल्ड्रेन होम रहेको भवनको झ्याल तथा ढोकामा एनसीसी बैंकको पहलमा जाली खापा राख्ने कार्य समेत अगाडि बढाईएको बैंकले जनाएको छ ।

सगरमाथा प्रतिष्ठान नेपालले विगत ११ वर्ष देखि कर्णाली प्रदेशमा रहेका निःसहाय बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र गाँसबासको जिम्मेवारी लिई उक्त संस्थाद्वारा संचालित हेल्पलेस चिल्ड्रेन होम नामको संस्था संचालन गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.