ब्लु क्रस अस्पतालमा नेपाल बङ्गलादेश बैंकका ग्राहकलाई १० प्रतिशत छुट

  २०७५ साउन १६ गते १८:२१     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडका ग्राहकले त्रिपुरेश्वरको ब्लु क्रस अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् । बुधबार बैंक र अस्पतालबीच बैंकका ग्राहकहरुलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका डेविट÷क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरु र बैंकका खातावालाहरुले क्रस अस्पतालको विभिन्न मेडिकल स्क्रीनिङ्गमा सो मात्राको छुट पाउने भएका हुन् ।

सम्झौता पत्रमा नेपाल बङ्गलादेश बैंकका प्रमुख व्यवसाय अधिकृत सलोनिका सिंह र ब्लु क्रस अस्पतालका कार्यकारी व्यवस्थापन समितिका सदस्य रजित श्रेष्ठले हस्ताक्षर गरेका थिए । उक्त सम्झौताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.