सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सर्लाहीको महारानीमा

  २०७५ साउन १६ गते १७:३७     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो २३औँ शाखारहित बैंकिङ्ग सेवा सर्लाहीको महारानी बजारमा विस्तार गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका उक्त स्थानमा नयाँ शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ईश्वरपुर नगरपालिकाका अध्यक्ष रामकरण महतोले एक समारोहकाबीच गरेका छन् । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि अमरसिंह कुशवाहालाई पोइन्ट अफ सेल मेसिन बर्दिबास शाखाका प्रवन्धक दिपेश ढकालले हस्तान्तरण गरेका छन् ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यससँगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.