७५ लाखको लागतमा विन्ध्यवासिनी मन्दिरको मूल प्रवेशद्धार निमार्ण हुँदै

  २०७५ साउन १६ गते १४:१९     विकासन्युज

काठमाडौं । लक्ष्मण वावु श्रेष्ठ स्मृति कोषले पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरको मूल प्रवेशद्धार बनाउने भएको छ । चितवनको ई समूहका संस्थापक अध्यक्ष स्व. श्री लक्ष्मण वावु श्रेष्ठकोे स्मृतिमा स्थापित उक्त कोषले कूल ७५ लाखको लागतमा सो द्धार निमार्ण गर्न लागेको हो ।

कोषले नेवारी संस्कृति झल्किने गरी कलात्मक मूलप्रवेशद्धार निर्माण गर्ने भएको छ । उक्त निमार्ण सम्बन्धि कोषका तर्फबाट उपाध्यक्ष राजुवावु श्रेष्ठ, सचिब राजेशवावु श्रेष्ठ, कोषाध्यक्ष रोशनवावु श्रेष्ठ र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, सचिब तीर्थ श्रेष्ठबीच गत आइतबार सम्झौता भएको हाे।

सम्झौता अनुसार उक्त मूलद्धारको यहि आउँदो वडादशैंको अवसरमा सिलान्यास गरिने छ । साथै, दशैंलगत्तै उक्त मूलप्रवेशद्धारको निर्माण कार्यको थालनी गर्ने सम्बन्धमा दुबै पक्षकाबीच आपसी सहमति भएको कोषले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.