अब हरेक २० हजारभन्दा माथिका जुनसुकै मोबाइल किस्ताबन्दीमा

  २०७५ साउन १६ गते १३:४३     विकासन्युज

काठमाडौं । ग्लोबल कीटेक्नोलोजी प्रालिको मोबाइल एप्स रिचार्जरले शुन्य प्रतिशत ब्याजदरमा जुनसुकै ब्राण्डको मोबाईल किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ । रिचार्जरको मोबाइल एपमा मात्र यो अफर लागू हुनेछ ।

रिचार्जरले विश्वको सर्वोच्च शिखर सगरमाथा पछि अफ्रिकाको सबैभन्दा अग्लो हिमाल माउन्ट कलिमान्जरोमा आफ्नो झण्डा फहराउन लागेको उपलक्ष्यमा यस्तो अफर शुरु गरेको हो ।

रिचार्जरको लोगो अंकित झण्डा तान्जानियामा रहेको माउन्ट कलिमान्जरोमा अगष्ट ४ तारिखका दिन २३ वर्षीय साहसी युवक नर्बिन मगरले फहराउने भएका छन् ।

मोबाईल र मुल्य अनुसार किस्ताबन्दीको अवधि ६ महिना, १ वर्ष र १८ महिना कायम गरिएको छ । ग्राहकले २० हजार रुपैयाँदेखि माथि जतिपनि मूल्यका मोबाईल शुन्य प्रतिशत व्याजदरमा रिचार्जर एपबाट किस्ता बन्दीमा खरिद गर्न सक्छन् ।

योजनामा सिमित ब्राण्डका मोबाइलको खरिदमा शुन्य प्रतिशत डाउन पेमेन्टको समेत व्यवस्था गरिएको छ । अरु विभिन्न मोडलका मोबाइलको हकमा ब्राण्ड र मूल्य हेरेर १० देखि ५० प्रतिशतसम्म डाउनपेमेन्ट गरी शुन्य प्रतिशत व्याजदरमा मोबाइल खरिद गर्न सकिन्छ ।

ग्राहकले आफ्नो नागरिकता, रोजगारीताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनुपर्ने हुन्छ । यो योजना हाललाई काठमाडौ उपत्यकाभित्र मात्र संचालन गरिएको छ ।

रिर्चाजर एप्स मार्फत ई सेवा, आईएमईमी पे लगायतका पेमेण्ट गेटवेहरुका साथै बैंकहरुको इन्टरनेट बैंकिंग सेवा, एससीटी, मास्टर र भिसाका डेविट तथाक्रेडिट कार्डबाट पनि रिचार्ज गरी सामान खरीद गर्न सकिन्छ । रिचार्जबाट सिनेमा टिकट तथा हवाई टिकट भारी छुटमा किन्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.